प्रेममा धोका पाएपछि यी अभिनेत्रीले गरिन आत्महत्या !

मनिषा थापा

पिएनपिखबर : तेलेगु अभिनेत्री नागा झाँसीले आफ्नै घरमा आत्महत्या गरेकी छिन् । उनको शव पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो । खबर अनुसार, प्रेममा धोका पाएपछि उनले यस्तो आत्मघाती कदम चालेकी हुन्।


भारतको हैदराबादमा बस्ने २१ वर्षिया नागाले सिरियल पवित्र रिस्ताका साथ्-साथै थुप्रै टिभी सिरियलमा काम गरेकी छिन्।

उनको आत्महत्याको खबरले पूरै तेलेगु टिभी उद्योग शोकमा डुबेको छ । पुलिसका अनुसार, झाँसीले आफू घरमा एक्लै भएको बेलामा आत्महत्या गरेकी थिइन् । उनको शव पोष्ट मार्टमको लागि गान्धी अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू