के सरकारकै योजनामा बम दिदिबहिनीलाई काठमाडौँ ल्याइयो त? इन्द्र अर्यालको खुलासा ! (भिडियो)

सन्दीप खत्री

काठमाडौँ: मानव अधिकारकर्मी इन्द्र प्रसाद अर्यालले नेपालमा पछिल्लो समय मानवअधिकारको स्थिति खस्कदै गएकोमा चिन्ता व्यक्त गरेका छन। मानव अधिकारको रक्षा हुन नसक्नुमा अहिलेको सरकारको अलोकतान्त्रिक चरित्र नै मुख्य जिम्मेवार रहेको बताउदै उनले प्रधानमन्त्रीका नजिकका मानिसहरुले नै मानव अधिकारको बिरुद्ध नैतिक हिन मान्छेहरूलाई परिचालन गरिरहेको आरोप समेत लगाउनु भएको छ ।

बम दिदी बहिनि काठमाडौँ आएसंगै झनै रहस्यमय बन्दै गएको निर्मला हत्या काण्डको बिषयमा बोल्दै अर्यालले बम दिदी बहिनीलाई अनुसन्धानको दायरामा ल्याउनु पर्नेमा जोड दिए । उनले सावित्री सुवेदी जस्ता व्यक्तिलाई सरकारी खर्चमै अपराधी बचाउन परिचालन गरिएको तथ्य समेत खुलासा गरेका छन । निर्मलाको बिषयमा यातना दिने प्रहरीलाई जाहेरी दिएको र एसपी बिष्ट लगायत प्रमाण लुकाउने प्रहरीहरु बिरुद्ध पनि जाहेरी दिएको उनले खुलाए।

अनुसन्धान गर्न नेपाल प्रहरी सक्षम भएतापनि बदनियतपुर्वक नेपाल प्रहरीले निर्मलाको बिषयमा सत्य तथ्य सार्वजनिक गर्न नसकेको उनले आरोप लगाए । रामबहादुर बमजनको बिषयमा बोल्दै उनले नेपाल मानव अधिकार संगठनले पहलकदमी सुरु गरिसकेको समेत उनले जानकारी दिए ।

हेर्नुस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू