जहाजको एउटै सिटमा बसेर मध्यरातमा लण्डन उडे आकाश र पूजा[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, २४ माघ : चलचित्र ‘सम्हालिन्छ कहिले मन’को युनिट लण्डन गएको छ । सो फिल्मको छायांकनका लागि नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठसहितको टोली राति लण्डन गएको हो । सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइएको छ । सो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ ।

साथमा चलचित्रमा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहनेछ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया