काठमाडौँ, २४ माघ: महानगरीय प्रहरी प्रभाग कोटेश्वरले राजश्व छली गरेर ल्याएको कपडासहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बा १७ च ३३६८ नम्बरको सवारी साधन चेकजाँचका क्रममा कपडासहित भारतका अरविन्दकुमार गुप्ता, सवारी चालक धनबहादुर मगर र सहचालक मिलन राईलाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले अवैध रुपमा भन्सार छलेर ल्याएको रु आठ लाख मूल्य बराबरको कपडासहित पक्राउ गरिएकोे जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।