१७ किलो चरेससहित एक जना पक्राउ

admin

मुसिकोट, २४ माघ : रुकुम पश्चिममा १७ किलो चरेससहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँफीकोट गाउँपालिका–८ का ४८ वर्षीय जयराम खत्री रहेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

उहाँका अनुसार बुधबार राति सोही गाउँपालिकाको वडा नं ६ तल्लो बजारमा जाँचका क्रममा खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । नदुवाबाट आउँदै गरेको भे ३ प २८८० नंको मोटरसाइकलमा आएका दुई व्यक्तिलाई रोकी नियन्त्रण लिने क्रममा सेतोबोराभित्र लुकाएर राखिएको लागुऔषध चरेस फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि छ दिनको म्याद थप गरिएको बताइएको छ ।
-रासस

प्रतिक्रिया