शुक्रबार सुनको भाउ फेरी उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ एक सय रुपैयाँ बढेर प्रतितोला ६२ हजार १ सयमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन प्रतितोला ६२ हजार ६ रुपैयाँमा कारोबार भएको सुन बुधबार दुई सय रुपैयाँ घटेको थियो । बिहीबार एकैचोटी तोलामा ४ रुपैयाँ घटेर ६२ हजारमा कारोबार भयो । तर, शुक्रबारदेखि सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ ।