एउटै छोरा त्यो पनि मृगौला रोगी , बुबा १८ वर्ष देखि अछ्यानमा, दैव पनि कत्ति निर्दयी [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। एक वास्तविक कथा जुन सुन्दा पनि कहालिलाग्छ। साच्चै कसैको जीवनमा यस्तो घटना घटेको सुन्दा कसको मन नरोला र। काभ्रेपलान्चोक जिल्ला मन्डन देउपुर घर भएका राजेन्द्र नेपाल अहिलेको समय भन्दा ठ्याक्कै १८ वर्ष अगाडी भिरबाट लडेर विरामी परेका थिए। गाउँ घरमा भिरको बाटो उनी हिड्न नजान्ने त होइनन् तर पनि त्यो बेलाको समय त्यस्तै भन्नु वा उनको भाग्य उनी भिरबाट लड्न पुगे।

उपचारको क्रममा राजेन्द्र थुप्रै अस्पताल धाए। खासमा उनको स्पाइनल कर्डमा समस्या भएको रहेछ। केहि समय त उनी निको हुन्छन् कि पहिला जस्तै उठेर हिड्न सक्छन् कि भनेर उनमा केहि भए पनि झिनो आश थियो। दिन बित्दै गयो तर उनको स्वस्थ्य स्थिति बिग्रिदै गएपछि उनले निको हुन्छु भन्ने आश नै मारिदिए। उनले मात्र होइन उनको स-परिवारले नै उनी निको हुन्छन् भनेर आश मारिदिए।

अहिले राजेन्द्र अछ्यानको अछ्यान नै बस्न बाध्य भएका छन्। उनको घाँटी भन्दा तलको भाग नचल्ने भएको छ। उनलाई उठ्न बस्न पनि अरुको सहयोगको आवश्यकता पर्छ। आफ्नो शरीरमा तागत छउन्जेल त उनले सानोतिनो भए पनि बौद्धमा व्यवसाय गरेर परिवार पालेका थिए। अहिले उनी यसरि थालिए पछि उनले कमाएको धनराशी पनि सकिसकेको छ। साथसाथै परिवारमा हातमुख जोर्न कमाउने समेत कोहि छैन।

उनको परिवारमा उनको छोरा र उनको श्रीमती छन्। उनको छोरा विशाल नेपाल पनि विरामी नै छन्। एउटै शाहारा छोराको पनि विरामी भए पछि नेपाल परिवारमा नैराश्यता छाएको छ। विशालको दुवै मृगौला फेल भएको थियो। तर अहिले उनी निको भइसकेका छन्। यद्दपि उनले जीवन भर भने औषधी सेवन गर्नु पर्ने हुन्छ। उनलाई मासिक पन्ध्र हजार भन्दा धेरैको औषधि खर्च लाग्छ।

दर्शकहरुकै साथ र सहयोगले उनको मृगौला ट्रांस्प्लान्ट सफल भएको विशाल नेपालले बताए। विशालकि आमा माया नेपाल दिन भर श्रीमानको स्याहारशुसारमा न व्यस्त हुन्छिन्। खान खुवाउने, उठाउने, कपडा लगाइदिने देखि उनको दैनिकी कार्य सम्पूर्णमा उनले आफ्नो श्रीमानलाई सघाउछिन्। अहिले उनको परिवारमा आर्थिक अभाव भइरहेको छ।

सक्नेले आर्थिक सहयोग र नसक्नेले शेयर गरेर भए पनि नेपाल परिवारलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ।

सहयोग गर्नको लागि सम्पर्क नं. : ९८५१०१८०६३
खाता नं. : जनता ब्याङ्क (०५८१०१०२७०४७००१ )

प्रतिक्रिया

सम्बन्धित समाचारहरू