काठमाडौं, २७ माघ : आज आइतबार सुनको मुल्य उकालो लागेको छ । यसअघि प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक सय रुपैयाँले बढेर ६२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७८० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।