एजेन्सी : बच्चा अक्सर रुने गर्छ । किनकी उसले आफ्नो माग व्यक्त गर्न सक्दैन । बालबालिका रुनुमा केही न केही कारण भने पक्कै हुन्छ । हामीले बालबालिका रुँदा के कारणले रोएको हो थाहा पाउन सकियो भने चाँडै फकाउन सकिन्छ ।
१. ओच्छ्यानको तापमान बढि वा घटि भएमा
बच्चाको शरिरमा तापमान बढि वा कमी भएमा बच्चा निद्रामै कराउँदै रुन्छ । निद्रामै बच्चा एक्कासी रुँदै उठ्यो भने उसको वरीपरी चिसो वा बढि तातो भएको हुनसक्छ हेर्नुहोस् ।
२. भोकाएमा
बच्चाले आफ्नो भोक व्यक्त गर्न सक्दैन । त्यसकारण बच्चा आफ्नो भोक व्यक्त गर्न रुने गर्छ । बच्चा रुँदैछ भने भोकाएको पनि हुनसक्छ । त्यसैले उसलाई दुध तथा अन्य खानेकुरा खुवाउनुहोस् ।
३. खराब सपना देखेमा
सपना हामी ठूला मान्छेले मात्र नभई बच्चाले पनि देख्छ । बच्चाले डरलाग्दो सपना देखेमा पनि बच्चा राती रुने गर्छ । त्यसैले निद्रामै उठेर बच्चा रुन्छ भने कराउनु गाली गर्नुका साटो फकाउने माया गर्ने गर्नुहोस।
४. ओच्छ्यान फोहर भएमा
बच्चाले ओछ्यानमा दिसा वा पिसाव गरेमा पनि रुने गर्छ । उसको ओच्छ्यान चिसो भएको अनुभव गर्छ र सुत्न सक्दैन । त्यसैले बच्चाले दिशा पिसाव गरेको भए डाइपर फेरिदिनुहोस् ।
५. ज्वरो आएमा
बच्चाको शरिरमा ज्वरो आएको छ भने उसले सहन सक्दैन र निद्रामा कराउँदै रुने गर्छ । त्यसैले बच्चालाई ज्वरो आए नआएको एकिन गर्नुहोस् ।