काठमाडौं, २८ माघ : आज सोमबार नेपाली बजारमा सुन मुल्य ओरालो लागेको छ। हिजो आइतबार प्रतितोला ६२ हजार १ सय रुपैयाँ कारोबार भएको छापावाल सुन आज एक सय रुपैयाँले घटेर ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७८० रुपैयाँमा कारोबार भएको थियो।