एकैपटक आठको डायलासिस

admin

लमही, २९ माघ: यसअघि छ जनाको डायलासिस गर्दै आएको दाङको राप्ती प्रादेशिक अस्पतालले अब आठको डायलासिस गराउने भएको छ । यसअघि तीनसत्र मात्रै डायलासिस गराउने गरेको उक्त अस्पतालले एकसत्र थपेर चारसत्र बनाएको छ । सो सत्रबाट थप दुईलाई सेवा दिइरहेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताउनुभयो ।

अहिले दुई मात्रै डायलासिस यन्त्र भएकाले धेरै बिरामीलाई सेवा दिन कठिन भए पनि उपलब्ध स्रोत साधनलाई प्रयोग गरेर धेरै बिरामीलाई सेवा दिने प्रयत्न गरेको उहाँले जानकारी दिनुभयो । धेरै बिरामीलाई सेवा दिनका लागि अस्पतालले थप तीन यन्त्र खरीद गर्ने योजना बनाएकोसमेत डा शर्माले बताउनुभयो ।

डायलासिसका लागि एक जना विशेषज्ञ र चार जना स्टाफ नर्स कार्यरत छन् । लामो प्रयासपछि एक वर्षअघि सो अस्पतालमा डायलासिस सेवा शुरु भएको हो । डायलासिस सेवा शुरु भएपछि यस क्षेत्रका क्यान्सरपीडित बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
-रासस

प्रतिक्रिया