अस्थायी शिक्षकलाई रोजगार विहीन बनाए लोकतान्त्रिक सत्ता ध्वंश पार्ने नेता रायमाझीको चेतावनी

admin

काठमाडौँ, फागुन १ : नेपालको शिक्षा क्षेत्रकै समस्याको रुपमा बषौँ समाधान हुन नसकेको अस्थायी शिक्षक व्यवस्थापन गर्न सरकारले गत असार २९ र ३० गते परीक्षा सञ्चालन गरी मंसिर १० गते देखि लिखित परीक्षाको नतिजा समेत प्रकाशन तथा मौखिक परीक्षा अर्थात अन्तर्वाता सञ्चालन गरेतापनि अस्थायी शिक्षको आक्रोश बढिरहेको छ ।

अस्थायी÷करार शिक्षक केन्द्रीय संघर्ष समितिले आज काठमाडौँको भद्रकालीमा आयोजना गरेको भेलामा पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखरजंग रायमाझीले शिक्षकलाई रोजगारीबाट बिमुख गराए,त्यो भन्दा पहिले तिनै शिक्षकलाई समेत बन्दुक बोकाई यो कथित लोकतान्त्रिक सरकार ध्वंस गरिदिने चेतावनी दिनुभयो ।सरकारले परीक्षामा सहभागी भई असफल हुने शिक्षकलाई अन्तिम नतिजा प्रकाशन पछि स्वत ः अवकाश दिने व्यवस्था शिक्षा ऐन २०२८ को दफा ११च को उपदफा १० मा गरी सोही कानुनअनुसार कार्यरत परीक्षामा असफल शिक्षकलाई अवकाश दिने तयारी गरीरहेको जानाकारी विभिन्न सञ्चार माध्यममा आइरहेको छ ।

उता अस्थायी शिक्षकको रोजगारी बचाउन लागिपरेको पुनरुत्थानवादी शक्ति नेपालले मंगलबार एक प्रेश विज्ञप्ती जारी गरी श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवसँग दर्शन भेट गरी अस्थायी शिक्षकलाई गरिएको अन्यायको अवगत गराएको जानकारी दिएको छ । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शेरबहादुर दउवा नेतृत्वको तत्कालीन सरकारलाई अपदस्त गरी प्रत्यक्ष शासन सुरु गरेको दिन नै पुनरुत्थानवादी शक्ति नेपालको नेता शेखरजंग रायमाझीले राज्ञा ज्ञानेन्द्रलाई भेट गरेको जानकारी दिनुभयो ।

सर्वाेच्च अदालतमा अस्थायी शिक्षकहरुले शिक्षा ऐनको आठौँ तथा नवौँ संधोनका दफाहरु सर्वाेच्च अदालतको २०६६ माद्द २४ गतेको फैसला तथा नेपालको संििवधान २०७२ का मौलिक हकसँग बाझेको दावी गरी दायर गरेका मुद्दाहरु हालसम्म नै विचाराधीन छन् । संवैधानिक परीक्षणको क्रममा रहेका कानुन अन्तर्गत खोलिएको अस्थायी शिक्षकको विज्ञापन, लिइएको परीक्षा बदर तथा स्थगित गर्न र नतिजा प्रकाश रोक्न समेत माग गरी सर्वोच्च अदालतमा परेका मुद्दाहरु विचाराधीन हुँदाहुँदै अदालतले अन्तिम निर्णय नदिँदै शिक्षक सेवा आयोगले अन्तिम नतिजा प्रकाशन गर्नुले सर्वोच्च अदालतलाई संविधानले दिएको अधिकारक्षेत्र नै हनन् भएको पुनरुथानवादी शक्ति नेपालले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

परीक्षामा असफल भएका अस्थायी शिक्षकहरुले आज देशभरका विद्यालयहरुबाट काठमाडौँमा आई आफ्नो रोजगारीको सुनिश्चितताको लागि भद्रकालीमा कार्यक्रम गरेका छन्। उनीहरुले गते असार २९ र ३० गतेको परीक्षामा असफल हुँदैमा आपूmलाई रोजगार विहीन बनाउन नहुने जिकीर गरेका छन् । यस भन्दा अगाडि पनि अस्थायी शिक्षकहरुले आफ्नो उमेर ६० बर्ष नपुगुञ्जेल जागिरबाट हटाउन नहुने कुरा गर्दै आएका थिए ।

प्रतिक्रिया