नेपाल आइडलकी मेनुका पौडेलले आफ्नो बिहेबारे पहिलो पटक मुख खोलिन [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ , १ फागुन : टेलिभिजन रियालिटी शोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी नवगायिका हुन् मेनुका पौडेल । उनी नेपाल आइडलको पहिलो संस्करणकी प्रतिस्पर्धी हुन् । नेपाल आइडलमा हुँदा जजहरुको मन जित्न सफल भएकी उनी टप ११ बाट आउट हुन पुगिन् । तर, उनको सांगीतिक क्षेत्रको लगाव र झुकावमा भने कमि आएन । बरु झनै तिखारिँदै खारिँदै आफ्नो पहिचान भारतसम्म पुराउन सफल भइन् । भारतीय टेलिभिजन रियालिटी शो सारेगमपमा उनले आफ्नो उच्च क्षमता देखाएर तारिफ र प्रशंसा बटुलिन् ।

तर, दूर्भाग्य नेपाल आइडलको टप ११ बाट बाहिरिएकी उनी सारेगमपको पनि टप ११ बाटै आउट भइन् । र पनि उनी हार मानेकी छैनन् । एक अनलाईन मिडियासँगको कुराकानीमा उनले आउँदो वर्ष सारेगमपको उपाधि जितेरै छाड्ने प्रतिबद्धता जनाइन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू