नुवाकोटमा जन्ती बस दुर्घटना, ५ घाइते

admin

विदुर, १ फागुन : नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो ।

 घाइतेलाई उपचारका लागि काठमाडाँै पठाउँदै गरिएको बताइएको छ । चालक फरार रहेको र घटनाको विवरण आउन बाँकी रहेको मगरले बताउनुभयो । 

-रासस

प्रतिक्रिया