वडा कार्यालय निर्माणका लागि २५ लाख

admin

बनेपा, २ फागुन : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले दुई ठाउँमा वडा कार्यालयको भवन बनाउन थालेको छ । चालु आवमा वडा नं ६, सिपाली र वडा नं ७ कटुञ्जेको वडा कार्यालय निर्माणका रू २५÷२५ लाख बजेट उपलब्ध गराउनाका साथै गाउँपालिका अध्यक्ष दलबहादुर लामा (डिबी)ले बुधबार वडा नं ६ सिपालीको घट्टेखोला वडा कार्यालय भवन शिलान्यास पनि गर्नुभयो ।

वडाध्यक्ष पदम लामाले वडा कार्यालय निर्माणको लागि स्थानीय रामबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको जानकारी दिनुभयोे ।

प्रतिक्रिया