४० हजार टन स्वदेशी चिनी गोदामै थन्कियो

admin

काठमाडौं, फागुन २ : स्वदेशी चिनीले आयतित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभई लामो समयदेखि गोदाममै थन्किकोले आयातित चिनीको भन्सार दर बढाउन व्यवसायीले माग गरेका छन् । आयातलाई नियन्त्रण नगर्ने हो भने किसानलाई उखुको भुक्तानी दिन नसकिने उनीहरुको भनाई छ ।

४० हजार टन चिनी बिक्री नभइ मौज्दातमा रहेपछि उखु कृषकको रकम भुक्तानी गर्न नसकेको उद्योगीले बताएका छन् । खुल्ला सीमानाको कारण सस्तो मूल्यमा चिनी आयात भई स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभई गोदाममा थन्किएको उनीहरुको दाबी छ ।

नेपाली चिनी उत्पादक संघका अनुसार अहिले विभिन्न १४ वटा चिनी उद्योगसँग ४० हजार टन चिनी मौज्दातमा छ । स्वदेशी चिनीको लागम महँगो हुँदा बिक्री नभई एक वर्षदेखि गोदाममा थन्किँदा किसानको रकम भुक्तानी गर्न नसकेको संघका अध्यक्ष शशीकान्त अग्रवालको भनाई छ । यो समाचार कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन् ।

प्रतिक्रिया