समाजसेवी बिनय जंग बस्नेत आफै ज्यामी काम गर्दै, अचानक भेटिए यस्तो अवस्थामा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। बिनय जंग बस्नेत सामाजिक अभियन्ता हुन्। कहिले उनी रेडियोमा कार्यक्रम मार्फत जनचेतना फैलाइरहेको भेटिन्छन् त कहिले उनी विभिन्न कार्यक्रममा चेतानामुलुक काम गरिरहेको भेटिन्छन्। कहिले उनी पशुपति मन्दिरको आर्यघाटमा वेवारिसे लाशको दाह संस्कार गरिरहेको भेटिन्छन्। भ्याउन पनि उनले कता तिर सम्म भ्याएका हुन् उनी सकभर जता पनि सामाजिक कार्यमा आफ्नो सहभागिता जनाइरहेका नै हुन्छन्। त्यसैले पनि समग्रमा उनलाई सम्बोधन गर्न उपयुक्त शब्द सामाजिक अभियन्ता नै हो।

उनको बिगतको इतिहास कोट्टाउने हो भने उनी हरदम नशामा रहने व्यक्ति हुन्। घर, परिवार, छरछिमेकी, आफन्त सबैसँग टाढिदै उनी नशासँग नजिकिएका थिए। जीवनमा उनले के गुमाइरहेका छन् भन्ने कुरा नै उनले बिर्सिरहेका थिए। दिनानुदिन उनीबाट आफन्तहरु नै बिराना हुँदै गए। झसंग झस्किएर नशाबाट बिउझिदा त उनकी आफ्नै सात जुनी सम्म साथ दिने सँगै मर्ने बाच्ने कसम खाएकी श्रीमती समेत उनको साथमा थिइनन्। ओहो जीवनमा मैले सच्चाई गल्ति पो गरिरहेको रहेछु भनेर उनले बल्ल आफु एक्लो भएपश्चात महसुस गरे।

तिनै जड्याहा बिनय जंग बस्नेत अहिले सामाजिक अभियन्ता बिनय जंग बस्नेत बनेका हुन्। कसैले कल्पना समेत गरेको थिएन होला उनले जाडरक्सीको नशा त्यागेर यसरि समाजमा सकारात्मक कार्य पनि गर्छन् भनेर। हुन त जीवनमा नसोचेकै कुरा हुन्छ। बिनयले पनि कहाँ सोचेका थिए र उनले जाडरक्सी सेवन गर्दै गर्दा उनका परिवार नै टाढीन्छन् भनेर। यो उनको जीवनको टर्निंग पोइन्ट पनि हो। सायद उनी अम्बली नभएका भए अहिले बाचेको जीवन उनले बाच्न पो पाउने थिएनन् कि ?

जीवनको दुखद पाटोलाई पनि उनले प्रेरणाको श्रोत मानेर अगाडी बढ्नु नै उनको जीवनको मुख्य उपलब्धि हो। उनी अहिले याक्सन फर सोसियल चेन्ज नामक संस्थामार्फत अरु अम्बलिलाई अम्बलमा लागेर जीवन बर्बाद नगर्न परामर्श दिने गर्छन्। याक्सन फर सोसियल चेन्ज नामक संस्था यस्तो संस्था हो जसले समाजसेवामा अतुलनिय योगदान पुराउदै आएका छ। उनको आफ्नै कथा सुनाएर अरुलाई प्रेरित गर्छन् उनी। उनले कतिलाई सुधारे कतिलाई सुधार्दै छन्।

हाल भने अहिले उनी बाआमा आश्रम बनाउनमा व्यस्त छन्। वेवारिसे बाआमालाई उनले आफ्नै घरमा आश्रम बनाएर आश्रय दिने योजना सहित बाआमा घर निर्माण गर्न लागेका हुन्। उक्त आश्रम बनाउन १८ लाख लागत लाग्ने उनको भनाई रहेको छ। कसरी जुट्दै छ त यत्रो रकम ? बाँकि हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू