प्रधानमन्त्री ओलीद्वारा नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापनाः १६ कर्मचारी रहने

शर्मिला गुरुङ

ललितपुर: सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । बिहीबार ललितपुरको एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयमा प्रधानमन्त्री केपी ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका उपसचिवले गर्ने र उनको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको बताइएको छ।

मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक÷एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

प्रतिक्रिया