भक्तपुरमा मोटरसाइकल पल्टिँदा चालक घाइते

शर्मिला गुरुङ

भक्तपुर: भक्तपुरको च्यामासिंहमा आज मोटरसाइकल पल्टिँदा चालक घाइते भएका छन् ।

आज विहान करिब सवा ६ बजे बा ८६ प ६२४५ नम्बरको मोटरसाइकल पल्टिँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका २२ वर्षीय मोहन पौडेल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचार अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा भइरहेको छ ।

प्रतिक्रिया