चुनावी र्‍यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

शर्मिला गुरुङ

अबुजा, २ फागुन (रासस÷सिन्ह्वा) : नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी ¥यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ ।

मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारका लागि लगिएको पोर्ट हार्रकोर्ट शिक्षण अस्पतालका प्रवक्ता केम डानिएल इलेबिगाले जारी गरेको वक्तव्यमा १५ जनाको मृत्यु भएको जानकारी दिइएको छ । मारिएका तीन जना पुरुष र १२ जना महिला रहेका पनि वक्तव्यमा जानकारी दिइएको छ ।

घटनामा परी घाइते भएका मध्ये १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनालाई भने उपचारपछि घर पठाइसकिएको अस्पतालले स्रोतले जानकारी दिएको छ ।

रिभर्स राज्यको राजधानी पोर्ट हारकोर्टमा रहेको रंगशालामा मंगलबार भएको चुनावी ¥यालीमा भागदौड भएको थियो । सत्तारुढ दल ‘अल प्रोग्रेसिभ कङ्ग्रेस (एपीसी)’ का समर्थकहरुले राष्ट्रपति मोहम्मद बुहारीको समेत सहभागीतामा ¥याली निकालेका थिए ।

प्रतिक्रिया