कस्तो छ रणवीर र आलियाको ‘गल्ली ब्वाई’ ? ५ दिनमै कमाए १ सय करोड

रिता घिसिंग

एजेन्सी : निर्देशक जोया अख्तारले पुनः यो पटक पनि स्ट्रीट ¥यापरको संघर्षको कहानीलाई दर्शकमाझ प्रस्तुत गरेका छन् । यस फिल्ममा मुख्य अभिनेता रणवीर सिंहले आफ्नो सपना जिएका छन्, जहाँ उनले आफ्नो ट्यालेन्टलाई प्रस्तुत गरेका छन् ।

 

‘गल्ली ब्बई’ मुम्बईको धारावीमा रहने मुराद (रणवीर सिंह) को कहानी हो, जसले गरिबीबाट माथि उठेर केही ठूलो काम गर्न खाज्ने सपना देख्छ । उनले आफ्नो यस्ता भावनाहरुलाई नोटबुकमा लेख्छन् । सफीना (आलिया भट्ट) मुरादकी गर्लफ्रेण्ड हुन् ।

 

यो जोडी एक–अर्कामा आकाश पतालको फरक हुन्छन् । त्यसै कारण यिनीहरुले लुकेरै आफ्नो प्रेमलाई ब्यक्त गरिरहेका हुन्छन् । मुरादको बुबाको नाम शाकिर (विजय राज) हुन्छ ।

 

चर्चित ¥यापर एमशी शेर (सिद्धांत चतुर्वेदी) को इन्ट्रीपछि मुरादको जीवने युटर्न लिन्छ । मुराद पनि एमसी शेर जस्तै बन्न चाहन्छन् । उनले एमसीसँग ¥यापको ट्रेनिङ लिन्छन् । यसै समयमा मुरादले आफ्नो बुबा बिरामी भएपछि घरको सबै जिम्मेवारी आफ्नो काँधमा उठाउनुपर्ने हुन्छ ।

 

यसका साथै म्युजिक प्रोग्रामर स्काई (कल्की कोचलीन)ले मुराद र एमसीलाई कार्यक्रमको अफर गर्छन् । मुरादको गीत गल्ली ब्बई बन्नुको यात्राले चर्चा कमाउँछ । तर यता मुरादका बुबा भने यो ¥यापको बिरुद्धमा उभिएका हुन्छन् । अब ¥याप प्राक्टिस र नाकेरीबीच कसरी मुरादले आफ्नो जीवनलाई अगाडि बढाउँछ, त्यो जान्नका लागि भने फिल्म नै हेर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू