आफैले २ बर्षिय छोराको हत्या गरि अपहरणको उजुरी गर्न प्रहरी कहाँ पुगिन यी महिला

रिता घिसिंग

एजेन्सी : अमेरिकाको न्यूजर्सीमा बस्ने एक महिलाले पुलिसकहाँ गएर आफ्नो २३ महिनाको छोरालाई अपहरण गरिएको उजुरी दिइन् । उजुरीपछि जब पुलिसले यस विषयमा थप अनुसन्धान गर्दै गयो त्यसपछि भने पूरै कहानी उल्टियो । अनुसन्धानमा यस्तो रहस्य खुल्यो कि पुलिससहित यसबारे थाहा पाउने सबै चकित परे । यो सबै रहस्य ती महिलाको एउटा हाते ब्यागले खोलेको थियो ।

न्यूजर्सीको ब्रिज्टन शहरमा बस्ने २४ वर्षकी नकिरा ग्रिनर आफ्ना २३ महिनाका छोरा डेनियलको अपहरण भएको भन्दै उजुरी दिन पुलिसमा गएकी थियन् । गएको शुक्रबार बेलुकी पुलिस स्टेशन गएर उनले छोराको अपहरण भएको उजुरी गरेकी थिइन् । आफू छोरासँग घुमिरहेका बेला कसैले आफूमाथि आक्रमण गरेको र बच्चा लिएर भागेको उनले बताएकी थिइन् । महिलाका अनुसार कसैले उनलाई पछाडिबाट जोडले लात हानेर ढलायो त्यसपछि लगातार उनको शरीर र टाउकोमा प्रहार गर्यो । त्यसपछि त्यो व्यक्तिले उनको बच्चा लिएर भागेको उनले आरोपीको बारेमा धेरै जानकारी दिनन भने सकिनन् ।

उजुरी आएपछि पुलिसले अनुसन्धान थाल्यो । पुलिसले नकिरासँग यस विषयमा थप सोधपुछ पनि गर्दै थियो । थप सोधपुछका क्रममा नकिराको बदलिएका बयान र अधुरा तथ्य सुनेपछि पुलिसलाई उनले सुनाएको कुरामा शंका भयो । त्यसपछि पुलिसले उनको घरमा खोजतलास गर्यो । राती करिब ३ बजे पुलिसले महिलाको घरमा राखिएको हाते ब्यागबाट पुलिसले बच्चाका केही अवशेष र कपडा बरामद गर्यो । त्यसपछि जब पुलिसले महिलाको पोलिग्राफ टेस्ट गरायो अनि महिलाको झुट समातियो । अन्ततः उनले आफ्नो अपराध स्वीकार गरिन् ।

महिलाका अनुसार उनले आफैंले आफ्नो बच्चालाई मारेकी थिइन् । उनले बच्चालाई यतिसम्म कुटेकी थिइन् कि बच्चाको अनुहारमा घाउ भएको थियो । यही क्रममा बच्चा भर्याङबाट समेत लडेका थिए । महिलाको अनुसार बच्चाले खाना खान मान्दैनथ्यो । बच्चाले आफ्नो कुरा पनि नमानेपछि रिसाएकी उनले बच्चालाई कुटेकी थिइन् । उनले अत्याधिक कुटेपछि बच्चाको मृत्यु भएको थियो ।

बच्चाको मृत्यु भएपछि उनले बच्चाको शरीरलाई काटेर टुक्रा टुक्रा पारेर जलाएकी थिइन् । जलेर बाँकी रहेका अवशेषलाई घरपछाडि बगैंचामा खाल्डो खनेर गाडेकी थिइन् । यति गर्दा महिलाले आफ्नो हाते ब्यागमा बच्चाका केही सामान राख् िजसका कारण उनको अपराध समातियो । पुलिसले महिलाविरुद्ध हत्या, सबुत प्रमाण मेटाएको, मानव शरीरलाई नष्ट गरेको, बच्चाको सुरक्षा खतरामा पारेको लगायतका आरोप लगाउँदै मुद्दा दर्ता गरेको छ । अहिले यो मुद्दामा सुनुवाइ चलिरहेको छ ।

प्रतिक्रिया