चितुवाको आक्रमणबाट पाँच घाइते

admin

सप्तरी, फागुन ३ :सप्तरीको कञ्चनरुप नगरपालिका–१० मा घरमै आई जङ्गली पाटे चितुवाले आक्रमण गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको पाटे चितुवाको आक्रमणमा परी कञ्चनरुप–१० बस्ने ६० वर्षीया राजवतीदेवी चौधरी, ३७ वर्षीय भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी र सत्यनारायण चौधरी घाइते हुनुभएको छ ।

 

बाँया तिघ्रा र घुँडामा चोट लागेकी राजवतीको स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा, दाहिने हातमा चोट लागेका भरत तथा शरीरको विभिन्न भागमा चोट लागेका हिरानन्द, महावती र सत्यनारायणको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी पोष्टबाट रेन्जरसमेतको टोलीले स्थानीयवासीको सहयोगमा चितुवालाई जालले छोपी नियन्त्रणमा लिएका छन् । चितुवासमेत घाइते भएकाले उपचारको लागि कोशीटाप्पु वन्यजन्तु आरक्षको कार्यालय कुशाहा लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।
-रासस

प्रतिक्रिया