काठमाडौँ, ३ फागुन: राष्ट्रपति कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नो पदबाट राजीनामा दिनुभएको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ ।
आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले राजीनामा दिनु भएको हो । तर उहाँको राजीनामा स्वीकृत भने भएको छैन । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार आयोगले आयुक्तको सूचीबाट पाठकको नाम हटाएको छ ।
-रासस