राजश्व छलेर ल्याएको कपडासहित दुई पक्राउ

admin

काठमाडौँ, ५ फागुन  : महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको कपडासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको टाटा सुमोमा भन्सार छलेर ल्याएको कपडासहित सिन्धुलीका २२ वर्षीय सञ्जीव कार्की र बाराका २८ वर्षीय जैनुदिन अन्सारीलाई शनिबार राति पक्राउ गरेको हो । 

परिसरका प्रवक्ता होवीन्द्र बोगटीले ना १ ज ५८८४ नंको सुमो बसमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दक्षिणकाली चाल्नाखेलबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग ७९ पिस साडी र १३ थान लेहङ्गा बरामदसमेत गरेको छ । उक्त सामानको मूल्य ९० हजार बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ । 

प्रतिक्रिया