ह्वात्तै बढ्यो सुनको भाउ

शर्मिला गुरुङ

काठमाडौं, ८ फागुन : आज साताको चौँथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य फेरी उकालो लागेको छ । आज सुनको भाउ एकैपटक ६ सय रुपैयाँले बढेको छ।

हिजो मंगलबार प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य पनि सय रुपैयाँले नै बढेर प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदी मुल्यमा पनि बढेको छ। चाँदीको मुल्यमा पाँच रुपैयाँले बढेर प्रतितोला ७८५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया