काठमाडौं, ९ फागुन : आज साताको पाँचौ दिन अर्थात बिहिबार सुनको भाउ ओरालो लागेको छ। हिजो बुधबार एकै पटक ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज दुई सय रुपैयाँले ओराल लागेको हो।
हिजो बुधबार प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि २ रुपैयाँले नै घटेर प्रतितोला ६२ हजार ८ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने यथावत रहेको छ। हिजो प्रतितोला ७८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ।