प्याराग्लाइडिङ दुर्घटनामा पाइलट गम्भीर घाइते

admin

पोखरा, १२ फागुन : पोखरामा शनिबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक पाइलट गम्भीर घाइते भएका छन् । दुर्घटनामा ललितपुर महानगरपालिका–७ बागडोलका २९ वर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ ।

सोलो पाइलट मैनाली पोखरा–१८ साराङ्कोटमा प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । गम्भीर घाइते भएका मैनालीलाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौँ ग्राण्डी अस्पतालमा लगिएको पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया