होमवर्क गर्न अल्छी लागेपछि यी बालिकाले लिईन रोबोटको सहारा

मनिषा थापा

एजेन्सी : संसारमा कमै बालबालिका हुन्छन् जसले रमाइलो मान्दै गृहकार्य गर्छन् । चीनमा एक बालिकाले गृहकार्य गर्ने नयाँ तरिका अपनाएकी छिन्। उनले एक रोबोटलाई आफ्नो होमवर्क गराउन थालेकी हुन्।

चिनका सामाजिक सञ्जालहरुमा ती किशोरीको खुलेर प्रशंसा भइरहेको छ। साथै, उनको जस्तै होमवर्क गर्ने रोबोटको माग ह्वात्तै बढेको छ।

कियानजियांग ईवनिंग न्यूजका अनुसार ती किशोरीलाई गृहकार्य गर्न मुस्किल भइरहेको थियो। उनले १२० अमेरिकी डलरमा एक रोबोट किनिन्। उनलाई उक्त रकम नयाँ वर्षको उपहारस्वरुप मिलेको थियो। उक्त रोबोटले कसैको पनि हस्तलेखक नक्कल गर्न सक्थ्यो। किशोरीले आफैं गृहकार्य गर्नुको सट‌्टा उक्त रोबोटलाई काम गराउन थालिन्।

चिनियाँ सामाजिक सञ्जालहरुमा उक्त रोबोटको माग बढिरहेको छ। उक्त रोबोटको गृहकार्य गर्न सक्ने क्षमताबाट प्रयोगकर्ताहरु प्रभावित छन् । एक प्रयोगकर्ता लेख्छन्, ‘मानिस र अरु जनावरमा यही फरक छ। मानिसलाई थाहा छ कि विभिन्न यन्त्र उपकरणबाट पनि काम पूरा गर्न सकिन्छ । यी युवतीलाई काम कसरी गराउनुपर्छ भन्ने राम्ररी थाहा छ।’

चिनियाँ भाषामा एउटा चित्रात्मक लिपी छ। त्यसमा करिब ८०० शब्द छन्। यति धेरै शब्द सम्झनु सजिलो छैन। दोस्रो चरणमा यसलाई कसरी लेखिन्छ भनेर पनि सम्झनुपर्छ। चिनियाँ विद्यार्थी यही समस्याबाट ग्रसित छन्। शिक्षकले हरेक पाठ कापीमा लेखेर ल्याउने गृहकार्य दिएपछि उनीहरुको तनाव चुलिन्छ ।

रोबोटको सहायतामा ती विद्यार्थीले कयौं पाठक केवल दुई दिनमै कपी गर्न सकिन्। उनको आमालाई पनि छोरीले यति छिटो होमवर्क गर्लिन् भनेर विश्वास थिएन। पछि आमाले छोरीको कोठा सफा गर्दा रोबोट देखिन्। तब मात्र उनलाई सबै कुरा थाहा भयो। त्यसपछि उनले छोरीलाई गाली गर्दै कुटपिट समेत गरिन् ।

 

प्रतिक्रिया