रक्सी जति पियो उति धेरै पिउन मन लाग्छ, किन ?

मनिषा थापा

एजेन्सी : धेरै रक्सी पिउँदा वा उत्सव मनाउँदा पिइने धेरै रक्सीले तपाईँको वंशाणु (जीन) मा परिवर्तन ल्याइदिन्छ।

अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानले रक्सी पिउने लत किन बस्छ भन्ने कुराको जवाफ दिने त्यहाँका वैज्ञानिकहरूले बताएका छन्।

असाध्यै रक्सी पिउने भनेर आठ गिलासभन्दा बढी पिउने महिला वा १५ गिलासभन्दा बढी पिउने पुरुष र उत्सवमा पिउने भन्नाले एक महिनामा एउटा उत्सवमा चार गिलास पिउने महिला वा पाँच गिलास पिउने पुरुष भनेर वर्गीकरण गरिएको छ।

प्रतिक्रिया