‘सरकारले विकासको लहर शुरु गरिसक्यो’ :नेता खनाल

admin

इलाम, १३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारको पाँच वर्षमा विकासको जग बस्ने बताउनुभएको छ । आज माईनगरपालिकास्थित वडा नं ५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले वर्तमान सरकारले विकास निर्माणको काम गर्न शुरु गरेको उल्लेख गर्नुभयो । उहाँले मुलुक अहिले समृद्धिको दिशामा उन्मुख भइसकेकाले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यकर्ताले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले अबका दिनमा चुनावी कार्ययोजनाअनुरुप नै पार्टी र सरकार अघि बढ्ने बताउनुभयो । “मैले चुनाबी घोषणापत्रअनुसार नै काम गर्ने योजना बनाइएको छ,” खनालले भन्नुभयो, “पाँच वर्षमा विकासको काम तीव्र गतिले हुन्छ ।” कार्यक्रममा प्रदेश नं १ प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा र राम रानाले समेत बोल्नुभएको थियो ।
-रासस

प्रतिक्रिया