लागुऔषधसहित पक्राउ

admin

काठमाडौँ, १३ फागुन: चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका–१७ का जागिर अन्सारीलाई नियन्त्रित लागुऔषधसहित आज प्रहरीले पक्राउ गरेको छ ।

डाईजोपाम १५२ एम्पुल, फेनारगन १५० एम्पुल र नोर्फिन १४८ एम्पुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडाँै आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा आज बिहान उनको साथबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

नागढुङ्गाबाटै बुटवल उपमहानगरपालिका–१२ का २५ वर्षीय किसन छन्त्याललाई नियन्त्रित लागुऔषध नाईट्राभेट १७ ट्याब्लेट, डाईजेपाम चार एम्पुल, फेनारगन चार एम्पुल, नोर्फिन चार एम्पुलसहित आज प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लुम्बिनीबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यता काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङस्थित सडक नजिक ढलमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४० वर्षीय रवीन्द्र श्रेष्ठ आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया