मलाइकाले स्वीकार गरिन् अर्जूनसँगको प्रेम सम्बन्ध

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जुन कपूर आफ्नो रिलेशनसिपलाई लिएर गएको लामो समयदेखि लगातार चर्चामा छन् । दुबैले यो सम्बन्धलाई खुलेर कहिल्यै स्वीकार गरेका छैनन् । तर, सामाजिक सञ्जालमा लामो समयदेखि भाइरल भइरहेका तस्वीरहरुले भने उनीहरुको प्रेम सम्बन्धको वर्णन गर्छन् ।

फ्यानहरुलाई लामो समयदेखिको पर्खाइ थियोकी उनीहरु दुबैले खुलेर आफ्नो सम्बन्धबारे जानकारी दिउन् । अब त्यो समय आएको छ ।
करण जौहरको च्याट शो कफी विद करणको हालैको एपिसोडमा किरण खेर, मल्लिका दुआ, मलाइका अरोड र वीरदास सहभागी हुन पुगे ।

शो मा करण जौहरले आफ्नो कुरा शुरु गर्दै मलाईकासँग अर्जुन कपूरलाई छनोट गरे । त्यसपछि मलाईकाले भनिन्, ‘मलाई अर्जुन कपुर मन पर्छ, चाहे, यो किसिमले होस, चाहे त्यो किसिमले ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू