आफ्नै आमाको हत्या गरि १ हजार टुक्रा पार्ने यी कस्ता छोरा

रिता घिसिंग

एजेन्सी : स्पेनमा एक युवकले आफ्नै आमाको हत्या  गरि उनको शरीरका १ हजार स–साना टुक्रा बनाएको घटना बाहिरिएको छ । यतिमात्र होइन उनले ती मासुका टुक्रालाई आफैं पकाएर खाए र केहि कुकुरलाई खुवाए । पुलिसले त युवकको किचनबाट ६ वटा डिब्बामा मासु राखेको अवस्थामा बरामद गरेको छ । घटनाको खुलासा तब भयो जब प्रहरी एक महिनादेखि बेपत्तामहिलालाई खोज्दै उनको घर पुग्यो र घरमा खोजतलास गर्यो । 

प्रहरीका अनुसार उनीहरु बेपत्ता भएकी ६६ वर्षीया मारिया गोमेजको खोजी गर्दै उनको घर पुगेका थिए । पुलिसले घरमा महिलाका २६ वर्षका छोरा अल्बर्टो सान्चेज गोमेजलाई भेटे । पुलिसले घरको तलासीको क्रममा ६ ठूला ठूला डिब्बामा महिलाको मासु राखिएको भेटियो । पुलिसले कडाइका साथ सोधपुछ गरेपछि अल्बर्टोले स्वीकार गरे कि उनले आमाको हत्या गरेर शरीरको टुक्रा टुक्रा पारे । केही मासु पकाएर खाए र कुकुरलाई पनि खुवाए । स्पेनिश पत्रिका एल मुण्डोका अनुसार अल्बर्टोले आमाको शरीरका १ हजार भन्दा धेरै टुक्रा पारेका थिए । 

 

शरीरका केही महत्वपूर्ण अंग भेटिएका छैनन् । केही टुक्रा डस्टबिनमा भेटिए । पुलिसले अल्बर्टोलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ र सोधपुछमा उनी नयाँ नयाँ खुलासा गरिरहेका छन् । अब उनलाई अदालतमा पेश गर्ने तयारी गरिएको छ । अल्बर्टोले आमाको हत्या कसरी गरे भन्ने बताएका छैनन् । उनी पटक पटक नयाँ नयाँ कहानी सुनाइरहेका छन् । पुलसले हत्या एक महिनाजति अगाडि भएको अनुमान गरेको छ । पुलिसले छिमेकीकोब यानका आधारमा घरेलु हिंसाका कारण हत्या गरेको अनुमान गरेको छ छिमेकीका अनुसार उनीहरुले पहिले पनि महिलालाई चोट लागेको अवस्थामा देखेका थिए ।  

 

अल्बर्टो सान्चेज पहिले वेटरको काम गर्थे तर अहिले केही समयदेखि उनी त्यो काम छोडेर बेरोजगार बसेका थिए । उनका पूर्व साथीहरुका अनुसार उनलाई ड्रग्सको लत लागेको थियो । उनलाई यस्तो लत लागेको थियो कि उनी परिवारको लागि समस्या बनेका थिए । 

प्रतिक्रिया