बढ्यो सुनको भाउ

मनिषा थापा

साताको तेस्रो दिन आज मङ्लबार सुनको मूल्य एक सय रुपियाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ६२ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर ६२ हजार आठ सय रुपियाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि एक सय रुपियाँले बढेर ६२ हजार पाँच सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।

महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार आठ सय ४० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार पाँच सय रुपियाँ ८५ कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य सात सय ८० रुपियाँमा कारोबार भएको छ भने महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६९ रुपियाँ कायम गरेको छ ।

प्रतिक्रिया