आजको राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

रिता घिसिंग

काठमाडौँ, १४ फागुन (रासस) : राष्ट्रियसभाको आजको दोस्रो बैठकमा दुई प्रतिवेदन पेश भएको छ ।

विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ सम्बन्धी समितिका प्रतिवेदन प्रस्तुत गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १५ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया