पाँच अर्बको रिपो बिक्री गरिँदै

admin

काठमाडौँ, १४ फागुन : नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको रिपो बोलकबोलका आधारमा बिक्री गर्न लागिएको जनाएको छ । 

दुई हप्ताको अवधिका लागि बिक्री गर्न लागिएको रिपो बोलकबोलबाट खरीद गर्न सकिनेछ । बैंकका अनुसार उक्त रिपोको अवधि यही फागुन २९ गतेसम्मको रहेको छ । 

-रासस

प्रतिक्रिया