जुवातास खेल्ने सात पक्राउ

admin

काठमाडौँ, १५ फागुन: महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१२ स्थित कालिमाटी क्षेत्रमा काभ्रेपलाञ्चोकका चाउरे तामाङको कोठामा जुवा खेलिरहेका अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकासँग तास र रु ३१ हजार ५८० नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
-रासस

प्रतिक्रिया