काठमाडौं : सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले घटेको छ । सुन आज तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।