आर्मी र थ्री स्टार उपाधिका लागि भिड्ने

admin

कास्की, १६ फागुन : पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन् ।

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा आज भएको सेमिफाइनल खेलमा क्यामरुनको डफिन्स एफसीलाई १–० गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

खेलको १३औँ मिनेटमा दीपक गुरुङको पासलाई सदुपयोग गरी टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरेका थिए । गुरुङले ‘म्यान अफ दी म्याच’ घोषित भइ ट्रफीसहित रु पाँच हजार प्राप्त गरे । यसअघि थ्री स्टार सशस्त्र प्रहरीको एपिएफलाई पराजित गरी फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।
-रासस

प्रतिक्रिया