जनावर प्रेमी अनुष्का शर्माले खोल्ने भईन भेटनरी अस्पताल र शेल्टर होम

मनिषा थापा

पिएनपिखबर : अनुष्का शर्मा जनावरलाई निकै माया गर्छिन। जनावरमाथि उनीमा यति लगाव छ कि घरमा पालेको कुकुर ड्युडलाई मासुको गन्ध मननपर्ने थाहाँ पाएपछि मासु खानै छाडेकी थिइन्। यसको अलावा अनुष्का समय-समयमा जनावरलाई माया पनि वर्साउने गर्छिन। अब अनुष्का जानवरको लागि अस्पताल र शेल्टर होम खोल्ने भएकी छिन्।


अनुष्काले अस्पताल बनाउनको लागि जमीन पनि खरिद गरिसकेकी छिन्। उनले उक्त जमिनमा आफ्नो बाबुको लागि एउटा घर पनि बनाउन चाहान्छिन। किनभने उनको बाबुले नै अस्पताल र शेल्टर होमको हेरचाह गर्नेछन्। उनले पछिल्लो वर्ष आफ्नो जन्मदिनको अवसरमा अस्पताल र शेल्टर होम बनाउने घोषणा गरेकी थिइन्।

अनुष्का कयौ पटक जनावरको रेखदेखको लागि आयोजना गरिएको कार्यकमहरुमा सहभागी पनि हुने गरेकी छिन्। अनुष्कालाई यस कार्यको प्रेरणा दलाई लामाबाट मिलेको हो। अनुष्का भन्छिन – ‘म एक पटक दलाई लामासँग भेटेको थिए र उनले बोलेको शब्द अहिलेसम्म मेरो साथमा छ।’

उनले नै मलाई प्रेरित गरेका थिए कि म जनावरको लागि केहि गर्न सकु।’ उनले थपिन, ‘दलाई लामाले मलाई भनेका थिए, ‘जीवन जति मनुष्यलाई प्यारो छ त्यति नै जनावरलाई पनि प्यारो हुन्छ। जति हामीलाई खुशीको इच्छा हुन्छ र दुखाईको अनुभव हुन्छ त्यति नै जनावरलाई पनि हुने गर्छ। जस्तो हामी चाहन्छौ कि सबै जीवित रहुन त्यस्तै जनावर पनि सोच्ने गर्छन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू