नक्कली भनेर किनेको हिराको औंठीले यी महिलालाई एकाएक बनायो करोडपति !

मनिषा थापा

एजेन्सी : एउटी बेलायती महिलाको हिरा लागउाने औधी रुचि थियो । तर उनीसँग हिरा किन्न पर्याप्त पैसा थिएन । उनले हिरा लगाउने आफ्नो चाहनालाई मेट्नकै लागि भएपनि बजारमा गएर हिराजस्तै देखिने नक्कली औंंठी किनिन् ।

३३ वर्षसम्म उनले लगातार त्यो औंंठी लगाइरहिन् । ३३ वर्षपछि उनले जब त्यो औंंठीको वास्तविकता थाहा पाइन्, त्यतिबेला उनी चकित भइन् । त्यो नक्कली हिराको औंंठीले उनलाई रातारात करोडपति बनाइदियो ।

ती महिलाले बताएअनुसार ३३ वर्षपहिले आफ्नो इच्छा पूरा गर्न उनले बजारबाट हिराजस्तै देखिने ‘नक्कली’ औंंठी किनेकी थिइन् । त्यतिबेला त्यसको मूल्य नेपाली १ हजार ३ सय ६० रुपैयाँ परेको उनले बताएकी छिन् । तर पछि उनले खै के सोचिन्, आफूले ३३ वर्षसम्म लगाएको औंठी बेच्ने निर्णय गरिन् ।

उनी त्यो औंठी बेच्नको लागि एक हिरा व्यापारी ठाउँ गइन् । व्यापारीले बेच्नुको कारण सोध्दा, उनले औंंठीमा लगाइएको हिरा नक्कली भएको र आफूले बेच्न खोजेको भनेपछि हिरा व्यापारी तीनछक परे । व्यापारीले यो सक्कली हिराको औंंठी हो भनेर हेरेर थाहा पाइहाले। उनले सम्झाउँदै ती महिलालाई यो नक्कली नभएर सक्कली हिराको औंठी भएको बताए । यो कुरा सुनेर ती महिलालाई विश्वास नै भएन ।

प्रतिक्रिया