भोलि शिवरात्रिका दिन यी क्षेत्रमा सवारी चलाउन नपाइने, यस्तो छ वैकल्पिक रुट [सूचीसहित]

मनिषा थापा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।

 

महाशाखाले चावहिलबाट मित्रपार्क हुँदै गौशालातर्फ, पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटल पछाडिको शाखा मार्गबाट गौशाला वनकालीतर्फ, सिफल चौरबाट जयबागेश्वरीतर्फ रोक लगाएको छ ।

यस्तै लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनलाई गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ रोक लगाएको छ ।

प्रतिक्रिया