अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त

रिता घिसिंग

काठमाडौँ, १९ फागुन (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले आज एक शोक वक्तव्यमार्फत स्व नेता अधिकारीप्रति श्रद्धाञ्जलि एवं शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । नेता अधिकारीको उपचारका क्रममा शनिबार राति ८३ वर्षको उमेरमा निधन भएको थियो ।

‘निरङ्कुशता विरुद्धको सङ्घर्षमा गर्नुभएको योगदान र नेतृत्व तथा कम्युनिष्ट पार्टीको उच्च नेतृत्वमा रहेर निर्वाह गर्नुभएको भूमिकाले उहाँलाई उच्चकोटीको राजनीतिज्ञका रुपमा नेपाली समाजले सदा स्मरण गरिरहने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष तिमिल्सिनाले सिद्धान्तनिष्ट, बौद्धिकता र सरल स्वभाव भएको राजनीतिज्ञको परिचय बनाउनुभएका अधिकारीको निधनले नेपालका ज्येष्ठ नागरिकले आफ्नो अभिभावक गुमाएको महसुस गरेको र राष्ट्रलाई अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया