हङकङमा मेलिसालाई स्वर्ण

admin

काठमाडौँ, १९ फागुन: नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा आज स्वर्ण जितेकी छन् । मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जानकारी दिनुभयो । मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेशियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । 

हङकङमै भएको यसै प्रतियोगिताको सातौँ र नवौँ संस्करणमा पनि मेलिसाले नेपाललाई स्वर्ण दिलाएकी थिइन् । ती संस्करणमा मेलिसाले ग्योरोगीतर्फ ४५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । आठौँ संस्करणमा भने मेलिसाले सहभागिता जनाइनन् । 

-रासस

प्रतिक्रिया