कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

admin

काठमाडौँ, १९ फागुन: क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् ।

पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । यस अवार्डको विजेता खेलाडीले अवार्डसँगै रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् ।

क्रिकेटकै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, सरिता मगर, इन्दु बर्मा, करुणा भण्डारी र सिता राना मगर मनोनयनमा परेकी छिन् । त्यसैगरी उदयमान क्रिकेट खेलाडीमा कविता कुँवर, अविनाश बोहरा, ललित नारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा परेका छन् ।

सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवाडर्, वर्ष महिला खेलाडी, वर्षको १० उत्कृष्ट क्षण र उदयमान खेलाडीको विजेता खेलाडीले रु ६६ हजार प्राप्त गर्नेछ । सिप्यानले पाँच विधाको अवार्ड यही फागुन २१ गते प्रदान गर्ने जनाएको छ ।
-रासस

प्रतिक्रिया