विद्रोहीको आक्रमणमा २० सिरियाली सुरक्षाकर्मी मारिए

admin

दमासकस, सिरिया, १९ फागुन: सिरियाली विद्रोही समूहको प्रभाव क्षेत्रमा विद्रोहीले सरकारी सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको एक युद्ध अनुगमन अधिकारीले बताएका छन् । सिरियाली विद्रोही समूहको पकड क्षेत्र, जसलाई सरकारले सेनाको बलमा नियन्त्रणमा राख्दै आएका थियो, मा सरकारी सुरक्षा फौजमाथि विद्रोहीले आक्रमण गरेपछि भएका झडपमा २० सैनिक र पाँच विद्रोहीको मृत्यु भएको हामाको ग्रामिण इलाकाबाट युद्ध अनुगमन अधिकारीलाई उद्धृत गर्दै सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । 

बेलायतस्थित मानव अधिकारवादी उक्त समूहका अनुसार विद्रोहीले सेनाविरूद्धको आक्रमणपछि उक्तस्थानबाट भागेका छन् । घटनामा केही सैनिक गम्भीर घाइते भएकाले मृतक सङ्ख्या बढ्नसक्ने बताइएको छ । झडप भएको क्षेत्र गत बर्ष रूस र टर्कीको पहलमा शान्ति क्षेत्र घोषणा गरिएको इलाका हो । 

प्रतिक्रिया