कर्णालीका सुकुम्बासीद्वारा कर छुटको माग

admin

सुर्खेत, १९ फागुन  : कर्णालीका सुकुम्बासीले राजश्व तथा करमा छुट दिन माग गरेका छन् । सुकुम्बासीले कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीलाई ज्ञापनपत्र बुझाउँदै सुकुम्बासी, अव्यवस्थित तथा बाढीपीडितका लागि कुनै पनि प्रकारका कर तथा राजश्व नलिन आग्रह गरेका हुन् । 

सुकुम्बासी सङ्घ, कर्णाली प्रदेशका अध्यक्ष यामबहादुर मल्ललेसुकुम्बासीका युवा तथा बालबालिकालाई प्राविधिक शिक्षा, सीपमूलक तालीम निःशुल्क सञ्चालन गर्नुपर्ने, शिक्षा, स्वास्थ्य तथा रोजगारी अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष मल्लका अनुसार सुकुम्बासी बसेको ऐलानी जग्गामाथि भइरहेको हस्तक्षेप तत्काल रोक्न पहल गर्नुपर्ने, कर्णाली प्रदेशभरिका सुकुम्बासी तथा भूमिहीनको वैज्ञानिक तथ्याङ्क सङ्कलन गर्नुपर्ने माग गरिएको छ । 

-रासस

प्रतिक्रिया