जान्नुहोस महाशिवरात्रिको पुजा विधि र शुभ मुहूर्त

रिता घिसिंग

पिएनपिखबर : महाशिवरात्रि पर्वको अवसरमा प्राचीन तथा पुरातात्विक महत्व राख्ने महादेवको मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजको दिन ब्रत बस्नेहरुले शिव मंत्र (ऊं नम: शिवाय)को जप गरि पुरा दिन निराहार बस्नुहोस। रोगी, अशक्त र वृद्ध-वृद्धाहरुले भने दिनमा फलफुल खाएर बेलुका शिवजीको पुजा गर्न सक्नुहुन्छ। 

शिवपुराणअनुसार रातीको चार प्रहरमा शिवको पूजा गर्ने गरिन्छ। साँझको समयमा स्नान गरि शिव मन्दिरमा गएर वा घरमा  पूर्व या उत्तर दिशा पट्टि फर्किएर रुद्राक्ष धारण गरि पुजाको समाग्री तयार पार्नुहोस्। 

 

ब्रतालु भक्तजनहरुले फल, फूल, चंदन, बिल्व पत्र, धतूरा, धूप वा दीपकले रातको  चार प्रहरमा  शिवजीको पूजा गर्नुहोस्। 

दूध, दही, घी, शहद र शक्करले अलग-अलग तथा सबैलाई एक साथ मिलाएर पंचामृतले शिवलिंगको स्नान गरेर जलले अभिषेक गर्नुहोस्।  

चार प्रहरको पूजामा शिवपंचाक्षर मंत्र अर्थात ऊं नम: शिवायको जप गर्नुहोस। 

भव, शर्व, रुद्र, पशुपति, उग्र, महान, भीम र ईशान, यी आठ नाम लिएर फूल अर्पित गरि भगवान शिवको आरती र परिक्रमा गर्नुहोस। 

 

यसपछि भगवानको यसरी प्राथना गर्नुहोस। 

नियमो यो महादेव कृतश्चैव त्वदाज्ञया।

विसृत्यते मया स्वामिन् व्रतं जातमनुत्तमम्।।

व्रतेनानेन देवेश यथाशक्तिकृतेन च।

संतुष्टो भव शर्वाद्य कृपां कुरु ममोपरि।।

 

यसरी पुजा गरिसकेपछि भोलि (मंगलबार) बिहान उठेर भगवान शंकरको पुजा गरि ब्रत समापन गर्नुहोस। 

 

आज दिनभर पुजा गर्ने शुभ मुहूर्त

बिहान ०७:१५ देखि ८:१४ सम्म  08:14 तक

बिहान ९:४३ देखि ११ :१० सम्म 

दिउसो २:०२ देखि ३ :३० सम्म 

दिउसो ३:३० देखि साझ ४ : ३९सम्म 

 

शिवरात्रि पूजाको शुभ मुहूर्त

पहिलो प्रहर साँझ ६:२२ देखि राती ९:२८ सम्म 

दोस्रो प्रहर राति ९:२८ देखि १२:३५ सम्म 

तेस्रो प्रहर राति १२:३५ देखि ३:४१ सम्म 

चौथो ३:४२ देखि बिहान ६ ४८ सम्म 

 

प्रतिक्रिया