दाँतको पहेँलोपनबाट छुटकारा पाउन अपनाउनुहोस् यी उपाय

रिता घिसिंग

पहेँलो दाँतले मानिसको व्यक्तित्वमा नै असर पुर्याइरहेको हुन्छ । यही कारण कतिपय मानिस खुलेर हाँस्नसमेत हिच्किचाउँछन् । यतिसम्म कि हाँस्दासमेत मुखमा हात राख्नुपर्ने बाध्यता हुन सक्छ ।

दाँतलाई पहेँलो बनाउने कैयौँ कारण हुन्छन् । जसमा बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोग पनि हुन सक्छ । तर, यस्तो समस्याको सजिलैसँग घरमै उपचार गर्न पनि सकिन्छ ।

 

खाने सोडा

खाने सोडा (बेकिङ सोडा)को प्रयोग दाँत सफा गर्ने सबैभन्दा सजिलो विकल्पमध्ये एक हो । बेकिङ सोडाले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ । यसका लागि टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ ।

 

यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ । बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ, दाँत सफा हुन्छन् ।

 

कागती

दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती प्रमुख अस्त्र हो । त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।

 

नरिवलको तेल

नरिवलको तेल धेरै कुरामा फाइदाजनक छ । यो कपाल र अनुहारका साथसाथै स्वास्थ्यका लागि पनि निकै उपयोगी छ । त्यति मात्र नभएर, यसको प्रयोगले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्नुहुन्छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ ।

 

साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छन् ।

प्रतिक्रिया